राम्रो नराम्रो केलाई मानु त्यसैमा दोधार छु
यी दुई छुट्टाउने सिमाना के हो त्यसैमा दोधार छु।
बहुमतमा परेथ्यो जे त्यही नै झुठो ठहरिएपछी
सत्य के असत्य के हो त्यसैमा दोधार छु।
मन दुखाउदिन भनी प्रश्नहरु अनुत्तरित पारेपछी
त्यो प्रेम मानु कि घृणा त्यसैमा दोधार छु।
तैले आर्जेको ठूलो धन के हो सोधे कसैले
यो महल भनु कि माटो त्यसैमा दोधार छु।

No comments:
Post a Comment